काठमाडौँ, २६ जेठ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङ्ले आगामी आर्थिक वर्ष २०७७–०७८ मा नेपालको झण्डा फहराउँदै जयनगर-जनकपुर रेल गुड्ने बताएका छन् ।
आज प्रतिनिधिसभाको बैठकमा सांसदहरुले सोधेको प्रश्नहरुको जवाफ दिँदै मन्त्री नेम्वाङले काठमाडौँ केरुङ, काठमाडौँ रक्सौल डिपिआर तयारका लागि छिमेकी मुलुक भारत र चीनसँग सम्झौता गरेर अगाडि बढाइएको जानकारी दिए ।
उनले भने–‘आउने वर्ष २०७७/७८ भित्र नेपालको झण्डा फह¥याएर जयनगरबाट जनकपुर रेल सञ्चालन गर्ने जानकारी गराउँदै त्यसमा आवश्यक रकम विनियोजन गरेको जानकारी गराउन चाहन्छु ।’ उनले पूर्वपश्चिम रेलमार्ग निर्माणको कामलाई निरन्तरता दिँदै काँकडभिट्टादेखि इनरुवा खण्डका लागि बजेट विनियोजन गरिएको जानकारी दिए । २ वटा रेल निर्माण भई खरिद प्रक्रिया पनि पूरा गरेको मन्त्री नेम्वाङले जानकारी दिए ।
मन्त्री नेम्वाङ्ले नागढुङ्गा सुरुङमार्गलाई अघि बढाएको र अन्य ७ वटा सुरुङ् मार्गलाई अघि बढाउन लागिएको र काठमाडौँमा जाम हटाउन फ्लाई ओभर र अन्डरपासका लागि बजेट छुट्याएको समेत बताए ।










प्रतिक्रिया दिनुहोस्