समाचार

मिनिट्रक दुर्घटना हुँदा चालकको मृत्यु



भक्तपुर, २६ जेठ । भक्तपुरको चाँगुनारायण नगरपालिका–३ झौखेल कालीखोलास्थित कालीघाटमा मिनिट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

आइतबार राति ब्यासीबाट झौखेलतर्फ जाँदै गरेको बा ५ ख ३११ नम्बरको महाशक्ति इँटाभट्टाको मिनिट्रक सडकबाट खोलामा खसेर दुर्घटना हुँदा चालक चाँगुनारायण–३ झौखेलका ३५ वर्षीय नवराज लाछिवाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

रातको समयमा तीव्र गतिमा सवारी चलाउँदा अनियन्त्रित भई दुर्घटना भएको प्रहरीको भनाइ छ ।