भक्तपुर,२६ जेठ । सूर्यविनायक नगरपालिकाको आज बसेको कार्यपालिको बैठकले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम असार ५ गते गर्ने निर्णय गरेको छ । मेयर बासुदेव थापाको अध्यक्षतामा आज नगरपालिकामा सम्पन्न बैठकले नीति तथा कार्यक्रम असार ५ गते र बजेट भने असार ८ गते नगरसभामा पेश गर्ने भएको छ ।
असार ५ गते हुने नीति तथा कार्यकम सांसद महेश बस्नेतको प्रमुख आतिथ्यमा हुनेछ भने कार्यक्रमको विशेष अतिथिमा प्रदेश सभासद द्धय शशिजङ थापा, रजनी जोन्छे र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सूर्य गौतमलाई निमन्त्रणा गरिने जानकारी नगरपालिकाका सूचना अधिकारी अनिरुद्ध नेपालले गराए ।
यस अघि नै पूर्वाधार समिति, सामाजिक समिति, सार्वजनिक सेवा तथा क्षमताविकास समिति, अर्थ समिति, विपद व्यवस्थापन समिति, विधान समिति लगायले आ–आफ्नो समितिको तयारी बैठक बसिसरेका छन ।
र, आसार १ गते पुन नगरपालिकाको बैठक बस्ने नगरपालिकाका प्रवक्त्ता उपेन्द्र केसीले जानकारी गराए । यस पटकको बजेट विश्वमा नै महामारीको रुपमा फैलिएको कोराना कोभिड १९ लाई ध्यानमा राखेर तयारी गर्न भएको छ ।
प्रतिक्रिया दिनुहोस्