काठमाडौँ, २७ जेठ । मंगलबारको प्रतिनिधिसभाको कार्यसूचीबाट बजेट पारितको विषय हटेको छ ।
संसद सचिवालय स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिन नभ्याउने भनेपछि कार्यसूचीबाट बजेट पारितको कार्यसूची हटेको हो ।
अब प्रधानमन्त्री ओलीले आफ्नो मन्त्रालय अन्तर्गतको शीर्षकमाथि उठेका प्रश्नको जवाफ दिएपछि बजेट पारित हुनेछ । बजेट पारित गर्ने कार्यसूची हटेको भएपनि नक्सा सम्बन्धी संविधान संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश कार्यसूचीले निरन्तरता पाएको छ ।










प्रतिक्रिया दिनुहोस्