धनुषा, २८ जेठ । धनुषामा गएराति एक जना युवकको हत्या भएको छ ।
घरमै रहेका वेला बोलाएर दुई सय मिटर पर पुगेपछि गोली हानी २५ वर्षीय अरुण मण्डलको हत्या भएको हो ।
प्रहरीका अनुसार सबैला नगरपालिका–७ मा चिनजानकै व्यक्तिले बोलाएपछि उनी घरबाट निस्किएका थिए । मण्डलको कन्चटमा गोली लागेको छ । त्यसैले व्यक्तिगत रिसिइबीका कारण घटना भएको हुनसक्ने आशंका गरिएको छ ।
यद्यपि, आरोपित पक्राउ परेपछि मात्रै हत्याको कारणबारे खुल्ने र थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्