समाचार

भारतबाट आएकालाई क्वारेन्टिनमा लैजान लागेको टिपर कर्णालीमा खस्यो



काठमाडौँ, २८ जेठ । कालिकोटमा भारतबाट आएकाहरूलाई क्वारेन्टिनमा लैजान लागेको टिपर कर्णाली नदीमा खसेको छ ।

बुधवार बिहान नरहरिनाथ गाउँपालिका-१ लालीबजारबाट रास्कोट नगरपालिकातर्फ जाँदै गरेको ना ८ ख ५१३३ टिपर बिजबजार भन्ने ठाउँबाट कर्णाली नदीमा खसेको हो ।

उक्त खसेको टिपरमा ३९ जना यात्रु रहेको प्रारम्भिक जानकारी आएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । दुर्घटना हुँदा २ को मृत्यु भएको छ । ९ जना घाइते भएका छन् भने ६ जना अझै बेपत्ता रहेका छन् । दुर्घटनामा परी घाईते भएका ९ जनालाई उपचारका लागि जिल्ला अस्पताल कालिकोट ल्याइएको जनाईएको छ । रास्कोट नगरपालिका वडा नं २ की २१ वर्षकी ठुम्की सार्की र वर्ष २३ की शर्मिला सार्कीको घटनास्थलमै मृत्यु भएको हाे । रास्कोट नगरपालिकाकै मर्ना कुमाल, सरिता सार्की लगायत ६ जना बेपत्ता भएको

थप विबरण आउन बाकि छ ।