हेटौँडा, २९ जेठ । मकवानपुरको हेटौँडामा टिपरले स्कुटरलाई ठक्कर दिँदा एक स्कुटरमा सवार नेपाल प्रहरीका हबल्दारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गएराति करिब ९ बजे प्र३–०२–०१२प १३३८ नंको स्कुटरलाई ना८ख ७५५८ नंको टिपरले ठक्कर दिदा अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडा कार्यालयमा कार्यरत रहेका प्रहरी हबल्दार केशरदोर्जे थिङको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्