समाचार

आजको मौसम



काठमाडौँ, ३० जेठ । आज नेपालमा स्थानीय, पश्चिमी वायु तथा पूर्व-पश्चिम बनेको न्युन चापीय रेखा र बंगालको खाडीमा रहेको निम्‍न चापीय प्रणालीको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश, प्रदेश २ र सुदुरपश्चिम प्रदेशका भू-भागमा आंशिक देखि सामान्य बदली रही प्रदेश ५ का भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

त्यस्तै आज दिउँसो देशभर सामान्य बदली रहि बाँकी प्रदेशमा आंशिक बदली रहनेछ भने प्रदेश १, प्रदेश २, प्रदेश ५, बाग्मती प्रदेश , गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ सहित वर्षाको संभावना रहेको छ ।

आज राती देशभर सामान्य बदली रहनेछ । प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश तथा प्रदेश नं ५ का केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ ।