विश्व

कोरोनाबाट विश्वभर उपचारपछि घर फर्किनेको संख्या ३८ लाख ३४ हजार नाग्यो



काठमाडौँ, ३० जेठ । नोवेल कोरोना (कोभिड–१९) भाइरसका कारणबाट विश्वभर हालसम्म उपचारपछि घर फर्किने संख्या ३८ लाख ३४ हजार ३१६ जना उपचारपछि घर फर्किएका छन् ।

विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको कोरोना भाइरसका कारण अहिलेसम्म कुल ७५ लाख ८३ हजार ७४५ जना संक्रमित भएको पुष्टि भएको छ । यस्तै, कोरोना भाइरसबाट ४ लाख २३ हजार ८२ जनाको मृत्यु भएको छ ।

हालसम्ममा अमेरिकामा ८ लाख १५ हजार २६५ जना उपचारपछि घर फर्किएका छन् । यसैगरी, ब्राजिलमा ३ लाख ९६ हजार ६९२ जना, रसियामा २ लाख ६१ हजार १५०, इटालीमा १ लाख ७१ हजार ३३८ र जर्मनीमा १ लाख ७१ हजार २०० जना उपचारपछि घर फर्किएका छन् ।

हालसम्ममा अमेरिकामा संक्रमित हुनेको संख्या २० लाख ८९ हजार ६२६ जना पुगेको छ । अमेरिकापछि ब्राजिलमा अहिलेसम्म ब्राजिलमा ८ लाख ५ हजार ६४९ जना, रसियामा ५ लाख २ हजार ४३६ जना, भारतमा २ लाख ९८ हजार २८३ जना र बेलायतमा २ लाख ९१ हजार ४०९ जनामा संक्रमण देखिएको छ ।

त्यस्तै कोरोनाको संक्रमणबाट अमेरिकामा १ लाख १६ हजार २९ जनाको मृत्यु भएको छ । यसैगरी, बेलायतमा ४१ हजार २७९ जना, ब्राजिलमा ४१ हजार ५८ जना, इटालीमा ३४ हजार १६७ जना र फ्रान्समा २९ हजार ३४६ जनाको मृत्यु भएको छ ।

चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् कोरोनाभाइरसको संक्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन् । तर उक्त संक्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन् ।