काठमाडौँ, ३० जेठ । ब्राजिलमा काेराेना संक्रमित संख्या ८ लाख नाघेकाे छ । संक्रमित देशको लहरमा दोस्रो स्थानमा रहेको ब्राजिलमा शुक्रबार बिहानसम्म जम्मा संक्रमित संख्या ८ लाख ५ हजार ६४९ पुगेकाे छ ।
बिहीबार ब्राजिलमा एकै दिन ३० हजार ४६५ जनामा संक्रमण पुष्टि भएकाे छ । काेराेना भाइरसकै कारण बिहीबार एक दिनमा १ हजार २६१ जनाकाे ज्यान गएकाे छ । अहिले ब्राजिल दैनिक नयाँ संक्रमित थपिनेमा मात्र नभएर दैनिक मृत्यु संख्यामा पनि विश्वकै पहिलाे स्थानमा देखिएकाे छ ।
अहिलेसम्म काेराेनाबाट मृत्यु हुनेकाे संख्या ४१ हजार ५८ पुगेकाे छ । यद्यपि ब्राजिलमा कुल संक्रमितमध्ये ३ लाख ९६ हजारभन्दा बढी निको भइसकेका छन् । बिहीबार मात्र एकै दिनमा १६ हजार ३९२ जना निकाे भएकाे वर्ल्डाेमिटर्सले जनाएकाे छ । त्यहाँ हाल ३ लाख ६७ हजारभन्दा बढी मानिसमा कोरोना भाइरस सक्रिय छ ।










प्रतिक्रिया दिनुहोस्