राजनीति

देशान्तर साप्ताहिक, कबिर राणा र सूर्यविनायक–मनोहरा हरियाली प्रबर्द्धन कार्यक्रमको नालिबेली



केही दिन अगाडि भक्तपुरका काँग्रेस नेता तथा गत ०७४ सालको निर्वाचनका प्रतिनिधिसभाका दाबेदार कबिर राणा सम्पादक भई उनीद्वारा संचालित देशान्तर साप्ताहिक भन्ने पत्रीका मार्फत अरनिको राजमार्ग हरियाली प्रबर्द्धन कार्यक्रमको समाचार प्रकाशित भयो । दुबो, बिरुवा लगाएत नरोपी बिल पेश गरेर ७५ लाखको भुक्तानी लिइयो भनेर सांसद महेश बस्नेत र सूर्यविनायक नगरपालिकाका मेयर बसुदेब थापालाई समेत आरोप लगाएर समाचार प्रकाशन गरियो ।

उनको इतिहास हेर्ने हो भने आफ्नै भाई रबि राणा जो उपत्यकाका चर्चित डन भनेर चिनिएका छन् । प्रहरीको मोस्ट वान्टेड अपराधीको लिष्टमा रहेका छन् । भाई मार्फत अपराधी र गुन्डा प्रयोग गरेर ठेक्का कब्जा गर्ने । लुटपाट, अपहरण र कांग्रेसको सत्ताको दुरुपयोग गर्दै सरुवा बडुवाको धन्दा चलाएर बालकोटको छाप्रे घरबाट महल बनाउन सफल भएका कुरा बालकोट क्षेत्रमा उनलाइ चिन्ने सबैले चर्चा गर्दछन् ।

तत्कालिन कांग्रेस नेता जगन्नाथ आचार्य भुमीसुधार मन्त्री हुँदा प्रेस सल्लाहकार बनेका राणाको सल्लाहमानै बालकोट र सागबारी क्षेत्रमा हनुमन्ते नदिको ५४ रोपनी जग्गा दर्ता गराउने मुख्य मतियार उनी नै थिए । पछि उक्त जग्गा बिक्रि गरेर आएको रकम जगनाथ आचार्यलाई आधा दिएर आधा भागको हिस्सेदार इनै राणा दजुभाइले लिएको चर्चा अचार्य पारिवारिक निकट कांग्रेस नेता नाम नबताउने सर्तमा बताउँछन् ।

त्यस्तै उनकै घर नजिक बालकोट र सुन्दर बस्तिमा रातारात खोला फर्काएर प्लटिङ्ग गर्ने मुख्य योजनाकार उनीनै थिए र आफ्नो भाइको गुण्डा समूह प्रयोग गरेर करोडौं आम्दानी गरेका कुरा दुर्लभ थापा निकट ठिमीका कांग्रेस नेता बताउँछन् । त्यति मात्र होइन ठिमीका पूर्वमेयर मदन कृष्ण श्रेष्ठको सोजो पनको फाइदा उठाउँदै तत्कालिन सांसद स्व. रामेश्वर ढुङेललाई चुनाव जिताउने आश्वासन दिएर कमेरेटार जग्गा एकीकरण आयोजनाको १ सय १५ रोपनी जग्गा आनाको १ लाखमा बेचेर १८ करिड लिएको र सो मध्य १२ करोड राहातको नाउँमा कांग्रेसको यो टिमले अपचलन गरेको र सो मध्य ६ करोड मात्र आयोजनामा बुजाएको देखिन्छ । यो यति ठूलो नितीगत भ्रष्टाचार हो कि अहिले त्यो क्षेत्रको जग्गाको मुल्य आनाको ५० लाख पुगेको छ । अहिले हिसाब गर्ने हो भने त्यो जग्गाको मूल्य नौ अरब हुन आउँछ ।

यसरी हिसाब गर्दा त्यो समुहको कारण कमेरेटार आयोजना ८ अरब ८० करोड नोक्सान पुराएका छन् । २० बर्षदेखी उक्त आयोजना पूरा हुन नसक्नुको मुख्य कारण यही नै हो । यो बिषयमा गम्भीर छानबिन गरि दोषीहरुलाइ कार्बाही गर्नु पर्ने माग आयोजना क्षेत्रमा बस्ने एडम्स ठिमीका पदाधिकारी बताँउछन् । उनी संलग्न यस्ता असंख्य कर्तुत छन् । आफ्नो घर अगाडि बाटो बडाउन दिँदैनन अनि अरु कसैले गाडी लिएर आउँदा उनको गाडीले साइड पाएन भने उनका भाइको ग्याङ्गले भौतिक आक्रमण गरिहाल्छन् ।

अघिल्लो बर्ष सांसद महेश बस्नेतले ३० लाख बजेट ब्यबस्था गरेर निकै कठिनाइका साथ उक्त बाटो बिस्तारको सुरु गरेका थिए तर कबिर राणाकै कारण उक्त काम अधुरो रहेको छ । प्रत्येक निर्वाचनमा उनको घर नजिक रहेको गणेश प्राबिको बुथ उनको भाइको नेतृत्वमा कब्जा हुने गर्दछ । गत ३ वटा स्थानिय र संसदिय निर्वाचनमा महेश बस्नेत र बासुदेब थापा उम्मेद्वार बनेपछि स्थानीयले प्रतिरोध गरेर केही मात्रामा मत खसाल्न पाएका थिए । बालकोटका इमान्दार कांग्रेस र नेकपा कार्यकर्ता भन्दछन् बालकोटमा लोकतन्त्र अझै आएको छैन राणा शासन कायमै छ ।

राणा दाजुभाइले बनाएको पछिल्लो योजना अनुसार दाजु कबिर संघिय संसद र भाई रबि मेयरको दाबदारी गर्ने । जुन योजना अनुसार आफ्नै पार्टीको प्रतिस्पर्धामा आउने दुर्लभ थापा र बिष्णु कार्कीहरुलाई पार्टी भित्र कमजोर बनाउने र पार्टी बाहिर सांसद बस्नेत र मेयर थापाको विरुद्ध योजनाबद्ध लाग्ने षड्यन्त्र बनाएर राना दाजुभाई लागेका रहेछन् । त्यसैको उदाहरण हो, अरनिको हाइवे हरियाली प्रबर्द्धन कार्यक्रमको नियोजित समाचार ।

सूर्यविनायक चोकदेखि मनोहरा पुलसम्मको ८ किलो मिटर क्षेत्रमा माटो काटने बढी भएको माटो फाल्ने नपुगेकोमा थप्ने र मलिलो माटो राखेर दुबोको चपरी बिच्छाउने टुटेको रेलिङ्ग मर्मत गर्ने रङ्ग रोगन गर्ने । लगाएतको कामको लागि ७५ लाख बजेट वातावरण विभागबाट विनियोजन भएको हो ।

वन तथा वातावरण मन्त्री शक्ति बस्नेतले सिलान्यास गरेको उक्त आयोजना कोरोनाको कारणले रोकिएको थियो । अहिले पुन यो काम सुरु भएको छ । अहिलेसम्म भएको कामको जिम्मेवारी पाएको गौतम नर्सरीले स्टमेट अनुसार काम गरि प्राविधिक मुल्यांकन गरि रु २७ लाख बराबरको बिल पेश गरि भुक्तानी मागेको देखिन्छ । योजनाको प्राविधिक र आर्थिक पाटोमा सांसद, मेयर तथा कुनै जन प्रतिनिधिको कुनै संलग्नता हुँदैन सरकारले तोकेको दर रेटमा सम्पन्न भएको कामको प्राविधिक मुल्यांकन गरी लेखा शाखाबाट भुक्तानी दिइन्छ । सूनपाका इन्जिनियर जनक न्यौपाने बताउँछन् ।

त्यस्तै सूनपाका अधिकृत अनिरुद्र नेपाले हामीलाई बताए(नगरपालिकाको आन्तरिक श्रोत अन्य समपुरक अनुदान लगाएत सबै आर्थिक कारोबारको नियमित लेखा परिक्षण हुन्छ । हाम्रो नगरपालिका आर्थिक पारदर्शिता र समयमै आयोजना सम्पन्न गर्ने नगरपालिकामा पर्दछ । आधार हिन समाचार बनाएर अरुको चिरित्र ह्त्या गर्ने कबिर राणा जीले आफ्नो कालो इतिहास छोप्ने प्रयास असफल साबित हुनेछ ।

आमसंचार सम्वाददाता