समाचार

गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना सङ्क्रमण पुष्टि



काठमाडौँ, ३१ जेठ । गण्डकी प्रदेशमा थप ५ जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे छ । पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परीक्षणमा थप ५ जनामा सङ्क्रमण पुष्टि भएकाे हाे ।

याेसँगै गण्डकी प्रदेशमा काेराेना सङ्क्रमितको संख्या १ सय ९७ पुगेको छ । स्वास्थ्य निर्देशनालयकाे अनुसार नयाँ थपिनेमा पर्वतका ४ जना र नवलपरासीपूर्वका १ जना रहेका छन् ।