काठमाडौँ, ३१ जेठ । काठमाडौँको माइतीघर मण्डला चोकबाट चार विदेशी नागरिक पक्राउ परेका छन् । अमेरिकी, चिनियाँ, फ्रेन्च र अष्ट्रेलियन नागरिकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
आन्दोलन भइरहेको क्षेत्रबाट पक्राउ परेपनि उनीहरु आन्दोलनमा सहभागि हुन गएका थिए वा आफ्नै काम विशेषले गएका थिए यकिन भइसकेको छैन ।
पक्राउ परेका उनीहरुलाई सोधपुछ हुने काम भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्