समाचार

प्रदेश १ मा थप १० जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौँ, ३१ जेठ । प्रदेश १ मा शनिबार १० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार यसरी थपिनेहरुमा मोरङमा पाँच जना र झापामा पाँच जना छन् ।

झापाको गौरीगन्ज गाउँपालिकामा ३ पुरुष, बाह्रदशी गाउँपालिकामा एक पुरुष र शिवसत्राक्षी झापाको गौरीगन्ज गाउँपालिकामा ३ पुरुष, बाह्रदशी गाउँपालिकामा एक पुरुष र शिवसत्राक्षी नगरपालिकाका एक महिला छिन् । यसैगरी मोरङको सुनवर्षी नगरपालिकामा चार जना र पथरी शनिश्चरे नगरपालिकामा एक जनामा संक्रमण पुष्टि भएको छ ।

प्रदेश १ मा शनिबारसम्म जम्मा १५ हजार ५३ नमूना परीक्षणमा पठाइएको छ । तीमध्ये ३४४ जनामा कोरोना पुष्टि भएको छ । यसैगरी आरडीटीतर्फ भने जम्मा १५ हजार ४१६ नमूना परीक्षण भएको छ ।