काठमाडौँ, ३२ जेठ । नोवेल कोरोना (कोभिड–१९) भाइरसका कारणबाट संक्रमित हुनेको संख्या ७८ लाख ५५ हजार ८०० जनामा संक्रमित भएको पुष्टि भएको छ ।
कोरोना भाइरसका कारण हालसम्म कोरोना भाइरसबाट ४ लाख ३१ हजार ७२८ जनाको मृत्यु भएको छ । यस्तै, उपचारपछि घर फर्किने संख्या ४० लाख १९ हजार ४६९ जना पुगेको छ ।
हालसम्ममा कोरोना भाइरसका कारणबाट अमेरिकामा विश्वकै सबैभन्दा बढी संक्रमित देखिएका छन् । अमेरिकामा संक्रमित हुनेको संख्या २१ लाख ४२ हजार १५९ जना पुगेको छ । अमेरिकापछि ब्राजिलमा बढि संक्रमित देखिएको छ ।
अहिलेसम्म ब्राजिलमा ८ लाख ५० हजार ७९६ जना, रसियामा ५ लाख २० हजार १२९जना, भारतमा ३ लाख २१ हजार ६२६ जना र बेलायतमा २ लाख ९४ हजार ३७५ जनामा संक्रमण देखिएको छ ।
चीनको वुहानबाट सुरु भएको कोरोनाको संक्रमणबाट अमेरिकामा १ लाख १७ हजार ५२६ जनाको मृत्यु भएको छ । यसैगरी, ब्राजिलमा ४२ हजार ७९१ जना, बेलायतमा ४१ हजार ६६२ जना, इटालीमा ३४ हजार ३०१ जना र फ्रान्समा २९ हजार ३९८ जनाको मृत्यु भएको छ ।
हालसम्ममा अमेरिकामा ८ लाख ५१ हजार ३७१ जना उपचारपछि घर फर्किएका छन् । यसैगरी, ब्राजिलमा ४ लाख २७ हजार ६१० जना, रसियामा २ लाख ७४ हजार ६४१, इटालीमा १ लाख ७४ हजार ८६५ र जर्मनीमा १ लाख ७१ हजार ५०० जना उपचारपछि घर फर्किएका छन् ।
चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् कोरोनाभाइरसको संक्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन् । तर उक्त संक्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन् ।










प्रतिक्रिया दिनुहोस्