समाचार

आजको राशिफल



आज २०७७ साल जेठ ३२ गते आइतबार, आषाढ कृष्ण पक्ष नवमी, विश्व रक्तदाता दिवस

मेष (चुचेचोलालिलुलेलोअ)

आज दिन काट्न् गारो पर्ला । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्ला । सरकारी निकाएको भय रहला । कार्मक्षेत्रपनि घर्षशील नै रहनेछ ।

वृष (इवाविवुवेवो)

सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । वाणिज्य क्षेत्रबाट विशेष लाभ रहनेछ ।

मिथुन (काकिकुकेकोहा)

अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । चिताएको कामले तीव्रता लिनेछ ।

कर्कट (हिहुहेहोडाडिडुडेडो)

कला र गलाको प्रभाव बढ्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । रोकिएको धन हातापर्न सक्छ ।

सिंह (मामिमुमेमोटाटिटुटे)

धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । लाभदायक भेटघाट हुनेछ ।

कन्या (टोपापिपुपेपो)

लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । कार्य क्षेत्रमा सफलता मिल्नेछ । आफन्तहरुको सहयोग पाईनेछ ।

तुला (रारिरुरेरोतातितुते)

राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । बन्धुबान्धव र दाजुभाइको सहयोगलिन सकिनेछ ।

वृश्चिक (तोनानिनुनेनोयायियु)

एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । शुभकार्यको चर्चापनि चल्नेछ ।

धनु (येयोभाभिभुधाफाढाभे)

जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । साना तिना समस्यामा अल्झिनुपर्ने देखिन्छ । प्रेममा बाधाका साथै बन्न लागेको काम विग्रनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि)

आज सामान हराउने भय रहने र मनमा वैराग्यको भावना पलाउन सक्छ । मनको डरले सताए पनि व्यवहारमा फाइदा हुन सक्छ ।

कुम्भ (गुगेगोसासिसुसेसोदा)

परोपकार र समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । अधुरो काम पुन: प्रारम्भ हुन सक्छ ।

मीन (दिदुदेदोचाचि)

आज विशिष्ट व्यक्तिको सहयोग मिल्ला । विद्या र बुद्धिको विकास हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।

साभारः हाम्रो पात्रोबाट