Banner News

सरकारलाई चालु खर्च धान्न नगदको समस्या भयो : अर्थमन्त्री डा. खतिवडा



काठमाडौँ, ३२ जेठ । अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारलाई चालु खर्च धान्न कठिन भएको बताउनुभएको छ ।

प्रतिनिधिसभाको बैठकमा आर्थिक विधेयक २०७७ माथि उठेका प्रश्नको जवाफ दिने क्रममा अहिलेको अवस्थामा सरकारलाई अनिवार्य दायत्व धान्नका लागि रुपैयाँको समस्या परिरहेको जानकारी गराएका गराउनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले हाम्रो मासिक अनिवार्य दायित्व ४० अर्ब छ । यो भनेको चालु खर्च हो जुन सरकारले जसरी पनि नगदमा भुक्तानी गर्नुपर्छ । यसका लागि हामीलाई केही समस्या भइरहेको छ । अहिले भन्सारबाट महिनामा १५ अर्बजति राजश्व उठिरहेको छ। त्योभन्दा न्यून आन्तरिक राजश्व छ । यसले ४० अर्बको दायित्व पुरा गर्न गाह्रो भइरहेको छ ।’