समाचार

आइसोलेसनमा एक जनाको मृत्यु



काठमाडौँ, ३२ जेठ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको आइसोलेसनमा भर्ना भएका एक जनाको मृत्यु भएको छ । क्वारेन्टाइनमा रहँदा बिरामी भएका गुल्मीस्थित धुर्कोट गाउँपालिकाका ४२ वर्षिय पुरुषको आइतबार दिउँसो ३ बजे मृत्यु भएको हो ।

भारतबाट आई धुर्कोट गाउँपालिका वडा नं. ४ को क्वारेन्टाइनमा बसेका उनलाई तीन दिनदेखि ज्वरो, रुघाखोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि थप उपचारको लागि शनिबार बुटवल ल्याइएको थियो ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले मृतकलाई ज्वरोसँगै निमोनिया समेत देखिएकोले आइसोलेसनमा राखी उपचार भइरहँदा मृत्यु भएको जानकारी दिए ।

पिसिआर परीक्षणको लागि स्वाव पठाइएको तर रिपोर्ट अझै नआएको उनले जानकारी दिए ।