काठमाडौँ, १ असार । कोरोना भाइरसबाट ब्राजिलमा ज्यान गुमाउनेको संख्या ४३ हजार नाघेको छ ।
ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४३ हजार ३ सय ३२ जना पुगेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार कोरोनाका कारण धेरै मृत्यु हुने मुलुकमा ब्राजिल अमेरिकापछि दोश्रो स्थानमा रहेको छ ।
ब्राजिलमा हालसम्म ८ लाख ६७ हजार ६ सय २४ जनामा कोरोनाको संक्रमण पुष्टि भइसकेको छ । अमेरिकामा १ लाख ११ हजार ७ सय ३० जनाको मृत्यु भएको छ । यी मुलुकपछि सबैभन्दा धेरै मृत्यु हुने तेश्रो मुलुक बेलायत हो । बेलायतमा ४१ हजार ७ सय ८३ जनाको मृत्यु भएको छ ।










प्रतिक्रिया दिनुहोस्