समाचार

कोरोनामुक्त हुनेको संख्या १ हजार ४१ पुघ्यो



काठमाडौँ, १ असार । आज ६७ जना कोरोनामुक्त भएसगै कोरोनामुक्त हुनेको संख्या १ हजार ४१ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ७ महिला र ६० जना पुरुष कोरोनामुक्त भई अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

मन्त्रालयका अनुसार सोमबार मात्रै ४५१ जना संक्रमित थपिएका छन् । त्यस्तै १९ जनाको मृत्यु भएको छ ।