विश्व

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख ३९ हजार नाग्यो



काठमाडौँ, २ असार । नोवेल कोरोना (कोभिड–१९) भाइरसका कारणबाट विश्वभर हालसम्म मृत्यु हुनेको संख्या ४ लाख ३९ हजार ५० जना पुगेको छ ।

कोरोना भाइरसका कारण अहिलेसम्म कुल ८१ लाख १२ हजार ५६५ जना संक्रमित भएको पुष्टि भएको छ । यस्तै, कोरोना भाइरस संक्रमित मध्ये ४२ लाख १ हजार ९७६ जना उपचारपछि घर फर्किएका छन् ।

कोरोनाको संक्रमणबाट अमेरिकामा १ लाख १८ हजार २८३ जनाको मृत्यु भएको छ । यसैगरी, ब्राजिलमा ४४ हजार ११८ जना, बेलायतमा ४१ हजार ७३६ जना, इटालीमा ३४ हजार ३७१ जना र फ्रान्समा २९ हजार ४३६ जनाको मृत्यु भएको छ ।

हालसम्ममा कोरोना भाइरसका कारणबाट अमेरिकामा विश्वकै सबैभन्दा बढी संक्रमित देखिएका छन् । अमेरिकामा संक्रमित हुनेको संख्या २१ लाख ८२ हजार ९५० जना पुगेको छ । अमेरिकापछि ब्राजिलमा बढि संक्रमित देखिएको छ । अहिलेसम्म ब्राजिलमा ८ लाख ९१ हजार ५५६ जना, रसियामा ५ लाख ३७ हजार २१० जना, भारतमा ३ लाख ४३ हजार २६ जना र बेलायतमा २ लाख ९६ हजार ८५७ जनामा संक्रमण देखिएको छ ।

हालसम्ममा अमेरिकामा ८ लाख ८९ हजार ८६६ जना उपचारपछि घर फर्किएका छन् । यसैगरी, ब्राजिलमा ४ लाख ५३ हजार ५६८ जना, रसियामा २ लाख ८४ हजार ५३९, भारतमा १ लाख ८० हजार ३२० र इटालीमा १ लाख ७७ हजार १० जना उपचारपछि घर फर्किएका छन् ।