भक्तपुर, ३ असार । भक्तपुरको अखिल नेपाल फुटवल संघमा विगतको लामो समयसम्म आफ्नो किल्लाको रुपमा स्थापीत गरेको नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को किल्ला ढलेको छ । भक्तपुरमा नेमकिपाको नेतृत्वमा रहेको संघले एन्फाको विधान तथा नियम अनुसार दर्ता समेत गर्न नसकेकाले एन्फाले उक्त जिल्ला संघलाई खारेज गर्दै नयाँ १३ सदस्यीय तदर्थ कमिटी गठन गरेको छ ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट रहेका किशोर हेक्काको नेतृत्वमा १३ सदस्यीय तदर्थ कमिटी निर्माण भएको छ । जसको उपाध्यक्षमा अनिल हेक्का र विकास थापा रहनुभएको छ । विगतको नेमकिपा निकटको नेतृत्वले एन्फाको नियम १६ को शारासंमा सहिछाप बन्द गरी कागजको तलपट्टीको भागमा सच्याई आफु अनुकुलको रकम उल्लेख गरेको, लिग सञ्चालन गर्दा त्रुटी गरेकोलगायतका गलत कार्य तथा संघको निर्देशन तथा नियम विपरित रकम उठाई लिग समेत सञ्चालन गरेको पाइएकाले कारवाही गरेको समेत संघका अध्यक्ष कर्मा छिरिङ तथा महासचिव इन्द्रमान तुलाधरद्वारा संयुक्त रुपमा निकालिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
नयाँ गठित तदर्थ कार्य समितीले एन्फाको नीति नियममा रही विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणको लागि नेपाल सरकारले घोषणा गरेको लकडाउनको पूर्णरुपमा हटेको ६ महिना भित्रको कार्यदेश रहने गरी १३ जनाको तदर्थ कार्य समिती तोकेको छ ।
प्रतिक्रिया दिनुहोस्