विश्व

ब्राजिलमा एकैदिन ३५ हजार नयाँ संक्रमित फेला



एजेन्सी, ३ असार । ब्राजिलमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसको ३४ हजार ९ सय १८ नयाँ संक्रमित देखिएका छन् ।

बीबीसीका अनुसार अहिलेसम्ममा ब्राजिलमा हालसम्म कोरोनाका कूल ९ लाख २३ हजार १ सय ८९ संक्रमित पुगेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार ब्राजिलमा पछिल्लो २४ घण्टामा कोरोनाका कारण कूल १ हजार २ सय ८२ जनाको ज्यान गएको छ । यहाँ मृतकको संख्या ४२ हजार २ सय ४१ पुगेको छ ।

मृत्यु र संक्रमणको हिसाबले ब्राजिल अमेरकापछि दोस्रो स्थानमा छ ।