काठमाडौँ, ३ असार । प्रधानमन्त्री केपी शर्माओलीले कैलालीको क्वारेन्टाइनमा गत जेठ ३२ गते भएको बलात्कारको घटनाबारे गृहमन्त्री रामबहादुर थापासँग जानकारी लिएका छन् ।
मंगलबार साँझ बसेको मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्री ओलीले घटना कसरी घट्यो, क्वारेन्टाइनमा सुरक्षाकर्मीको उपस्थिति रहे नरहेको र आरोपी पक्राउको बारेमा गृहमन्त्री थापालाई प्रश्न गरेका थिए । गृहमन्त्री थापाले आरोपित पक्राउ परेको र घटनाबारे अनुसन्धान भइरहेको जानकारी गराएका थिए ।
प्रधानमन्त्री ओलीले क्वारेन्टाइनमा स्वंयसेवकबाट सामूहिक बलात्कारको घटना हुनु दुःखद र गम्भीर विषय रहेको भन्दै देशभरका क्वारेन्टाइनको सुरक्षा ब्यवस्था बलियो बनाउन गृहमन्त्रीलाई निर्देशन दिएका थिए । यस्तै उनले देशभरका क्वारेन्टाइनको अवस्था कस्तो रहेको छ, कसरी व्यवस्थापन भइरहेको छ भन्दै जानकारी मागेका थिए ।










प्रतिक्रिया दिनुहोस्