समाचार

कोरोना कहर : ‘डाक्टर भरोसा’ ! कि ‘भगवान भरोसा’ !



काठमाडौँ, ६ असार । घुमाउरो पारामा सरकारले कोरोनाविरुद्धको लडाईमा आत्म सर्मपण गरिसकेको अबस्थामा आम जनताको स्वास्थ्य ‘डाक्टर भरोसा’ कि ‘भगवान भरोसा’मा टिकेको छ । क्वारेन्टिन वा आइसोलेसनमा बसेको १४ दिनसम्म कोरोनाको लक्षण देखिएन भने भारतबाट आएका समेतको पिसिआर परीक्षण नगराई घर पठाउने निर्णय भएपछि आम नेपाली जस्तै रोल्पाली पनि कि डाक्टर कि त भगवान भरोसामा बसेका छन् ।

आइसोलेसनमा बस्नेहरु डाक्टर भरोसामा छन् भने क्वारेन्टिनमा बस्नेहरु भगवान भरोसामा छन् । अबदेखि आरडिटी परीक्षणका भरमा घरमा पुगेकाहरुले समुदायमा के गर्दै छन र उनिहरुले रोग सार्न सक्ने सम्भावना कत्तिको रहन्छ भन्नेमा अन्यौलता छ । छिमेकि जिल्ला दाङमा आरडिटीको भरमा घर पुगेकाको पिसिआर रिपोर्ट पोजेटिभ आएको सुनेपछि रोल्पालीहरु झनै आतंकित बनेका हुन ।

जिल्ला स्तरमा संचालनमा आएको ‘अस्थायीः कोभिड–१९ आइसोलेसन केन्द्र’मा राखिएका ४० मध्य केहि संक्रमितहरु अबको ५ दिनमा पुनः परीक्षण बिना घर पठाइने छन् । त्यसो त भारतबाट आएका धेरै रोल्पालीहरु आरडिटीका परीक्षणका भरमा घर पुगिसकेका छन् । परीक्षण नगरेरै घर पठाइएपछि उनिहरुलाई गरिने पारिवारीक अनि सामाजिक बहिस्कार र अबहेलनाको बारेमा कोहि कसैले चासो दिएको छैन । यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।