राजनीति

प्रधानमन्त्रीले बोल्दा किन कतिपयलाई हनहनी ज्वरो आउँछःशान्ता चौधरी



काठमाडौँ, ६ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको नेतृ, प्रतिनिधिसभा संसदीय दलको सचेतक तथा सांसद शान्ता चौधरीले पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले बोल्न साथ कतिपयलाई ज्वरो आउने गरेको बताउनुभएको छ ।

विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड–१९०को रोकथाम तथा नियन्त्रणका सवालमा नेपालीहरुमा दैनिक जीवनमा खानाको लागि प्रयोग गरिने अदुवा, वेसार, तातोपानीलगायतका कुराहरुले केही मात्रामा भए पनि कोरोनाको रोकथाम गर्न सक्छ तथा नेपालीहरुको रोगसँग लड्ने क्षमता समेत बढी भएकाले त्यसलाई विशेष ध्यान दिन प्रधानमन्त्री ओलीले संसदमा दिनुभएको अभिव्यक्तिको विरुद्धमा कतिपयले नकरात्मक प्रचार गरेको प्रति लक्षीत गर्दै उहाँले प्रधानमन्त्रीले आम नेपालीहरुको आत्मबल उच्च बनाउने कार्य गर्नुभएको बताउनुभयो ।

उहाँले प्रधानमन्त्री ओलीले नेपालमा पाईने जडिबुटी तथा औषधिजन्य खाद्यय वस्तुलाई विष भन्नुपर्ने भनि कडा रुपमा आक्रोस समेत व्यक्त गर्नुभएको छ । कतिपय मानिसलाई प्रधानमन्त्री ओलीले देशको विकास र समृद्धिको यात्रालाई तिव्र गतिका साथ अघि बढाउनुभएकोमा एलर्जी हुने गरेको तर कसैको विरोधले सरकारको गन्तव्य नरोकीने साथै जनताको विकास प्रतिको चाहना पुरा हुने दावी गर्नुभयो ।

उहाँले आफ्नो सामाजिक सञ्जालमा धारणा राख्दै भन्नुभएको छ, बेसार, लसुन, अदुवा, मरिच, टिमुर, गुर्जो, पुदिना, तुलसीको पत्ता, जिम्बु आदिको प्रयोग नेपालीले गर्दै आएका छन, चिकित्सकहरुले पनि प्रयोग गर्न भन्दै आएका छन । सम्मननिय प्रधानमन्त्री ज्युले त्यही भन्दा कसैलाई मजाक लाग्यो । के प्रधानमन्त्रीले नेपालीको आत्मबल कमजोर बनाउने अभिव्यक्ति दिन पर्थ्यो ? या नेपालमा पाईने जडिबुटी र औषधिजन्य खाद्य बस्तुलाई विष भन्न पर्थ्यो र? यि प्रश्नहरुले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति कटाक्ष गर्नेहरुसँग जवाफ खोज्दैछन आज । एकथरी त्यस्ता मानिस छन नेपालमा जसलाई प्रधानमन्त्री ज्युले बोल्न साथ ज्वरो आउँछ, प्रधानमन्त्रीको देश बनाउने योजनासँग एलर्जी हुन्छ । कसैका विरोधले गन्तव्य छेकिन्न, यात्रा रोकिन्न ।’