Banner News

थप ३३१ जनामा कोरोना संक्रमण : संक्रमितको संख्या ८ हजार ६ सय नाघ्यो



काठमाडौँ, ६ असार । पछिल्लो २४ घण्टामा थप ३ सय ३१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण भएको पुष्टि भएको छ ।

यससँगै संक्रमितको संख्या ८६०५ पुगेको छ । उनीहरु मध्ये २२ जनाको मृत्यु भएको छ । भक्तपुरमा आज थप ७ जना कोरोना संक्रमीत थपिएको छ । थपिएको सातै जना महिला  रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै संक्रमितहरु धरान, झापा, विराटनगर, जनकपुर, सर्लाही, वीरगञ्ज, टेकु, वैतडी, गुल्मी, कैैलाली, काठमाडौँ, भक्तपुर, पाल्पा, रामेछाप, रौतहट, रुपन्देही लगाायतका जिल्लाका रहेको पनि मन्त्रालयले जनाएको छ ।

नेपालमा पछिल्लो २४ घन्टामा १७६ जना डिस्चार्ज भएका छन् । योसँगै कुल डिस्चार्ज हुनेको संख्या १५ सय ७८ पुगेको छ।  हालसम्म कोरोना संक्रमित जिल्लाको संख्या ७४ पुगेको छ । पछिल्लो २४ घण्टामा बाँके, विराटनगर, सुनसरी, सुर्खेत, दाङ्ग, मकवानपुर, डडेल्धुरा, अक्षाम, दार्चुला, धनगढी, टीकापुर, महाकाली  अस्पताल, भरतपुर अस्पतालमा गरि जम्मा १८ महिला र १९८ पुरुष निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ ।