काठमाडौँ, ८ असार । बनेपा नगरपालिका–६ स्थित २८ किलो नजिकै एक घरबाट ६ जुवाडेसहित लाखौँ नगद जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले बरामद गरेको छ ।
प्रहरीका अनुसार पाँचकुमारी पेट्रोलपम्प रहेको जनक तिमल्सिनाको घरमा जुवातास खेलिरहेका तिमल्सिनालगायत ६ जनालाई ६ लाख ५४ हजार ५०० नगदसहित पक्राउ गरेको हो ।
गत शुक्रबार राति १० बजे ३९ वर्षीय तिमल्सिनासहित धुलिखेल नगरपालिका–४ का ३५ वर्षका रामेश्वर केसी, सोही वडाका ४० वर्षीय अनिल थापा, ३४ वर्षका भोला राय र ४२ वर्षका किरण रञ्जितकार तथा तेमाल गाउँपालिका–८ निवासी २८ वर्षका विश्वराज तामाङलाई पक्राउ गरि आइतबार सार्वजनिक गरेको हो ।
पक्राउ परेका उनीहरुलाई मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालयबाट सात दिनको म्याद गरेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्