Banner News

नेकपा स्थायी कमिटी बैठक बस्दै : यस्ता छन् एजेण्डा



प्रधानमन्त्री निवास, बालुवाटारमा आज बिहान ११ बजे बस्ने बैठकमा नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट राजनीतिक प्रतिवेदन प्रस्तुत हुनेछ ।

बैठकमा एमसीसी, सरकारको काम कारवाही, पार्टीको सुदृढिकरणका लागि आन्तरिक रणनीतिको बारेमा गहन छलफल हुने बताइएको छ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको कम्प्याक्ट सम्झौता संसदवाट अनुमोदनका लागि सरकारले थप समय माग्ने करिब निश्चित भएको छ । एमसीसीको वजेट कार्यान्वयन इकाई मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसिए नेपाल) ले सरकारलाई संसदवाट सम्झौता अनुमोदन गर्न दिएको म्याद असार १६ मा सकिँदैछ । बैठकमा मुख्य गरी एमसिसी, सिमा विवाद, कोरोना भाइरस, सरकार र पार्टी नेतृत्व कार्य असन्तुष्टि, भ्रष्टाचार र अनियमिता लगायतको बिषयमा छलफल  हुने बुझिएको छ।

बैठकमा स्थायी कमिटीका ४५ सदस्यसहित आमन्त्रित सदस्यका रुपमा अनुशासन, लेखा र निर्वाचन आयोग, सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिष्ट मञ्चका संयोजकको पनि उपस्थिति हुनेछ ।