काठमाडौँ, १० असार । अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) पूर्व निर्धारित मितिमा सुरु नहुने निश्चित भएको छ ।
प्रतिनिधिसभाको बैठक १७ असार मध्यान्हसम्मका लागि स्थगित भएकैसँगै एमसीसी निर्धारित मितिमा सुरु नहुने पक्का भएको हो ।
एमसीसी व्यवस्थापन, कार्यान्वयन र अनुगमनका लागि गठित मिलेनियम च्यालेञ्च एकाउन्ट (एमसीए) नेपालका अनुसार २०२० जुन (१६ असार) सम्म सम्पूर्ण तयारी सक्नु पर्ने भनिएको थियो । निर्धारित मितिमा तयारी सकिएको भए १७ असारदेखि एमसीसी कार्यान्वयनमा जाने तयारी थियो ।
कार्यन्वयनमा सुरु भएको पाँच वर्षभित्रै एमसीसी अन्तर्गतका सम्पूर्ण आयोजना सम्पन्न हुनुपर्ने बाध्यकारी व्यवस्था सम्झौतामा छ । एमसीसी कम्प्याक्ट (सम्झौता) संसदबाट अनुमोदन गर्ने एमसीसीको शर्त छ । कम्प्याक्टमा उल्लेखित कतिपय प्रावधान आपत्तिजनक रहेको आलोचकहरूले बताउँदै आएका छन् ।
२९ भदौ २०७४ मा नेपाल र अमेरिकाबीच भएको एमसीसी कम्प्याक्ट अनुसार ५० करोड अमेरिकी डलर अनुदान पाउने र त्यसमा नेपालले पनि १३ करोड डलर लगानी गर्नुपर्दछ ।
अनुदान सहितको कुल ६३ करोड डलर नेपालले उर्जा र यातायातमा खर्च गर्ने तयारी गरेको छ । एमसीसी कम्प्याक्टमा उल्लेखित अनुदान रकमबाट नेपालले ४०० केभी क्षमताको ३१२ किलोमिटर प्रसारण लाइन निर्माण गरिने एमसीसी नेपालले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्