Banner News

दुई घण्टा बसेर सकियो नेकपाको पहिलो दिनको बैठक



काठमाडौँ, १० असार । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को पाचौ स्थायी समिति बैठक पहिलो दिन साढे २ घण्टा बसेर सकिएको छ ।

पहिलो दिनको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले मन्तव्य राखेपछि सकिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

आजको बैठकमा सुरुमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओलीले समग्र परिस्थितिका बारेमा धारणा राख्दै सकारात्मक तथा नकारात्मक सवै विषयमा धारणा राखेको र बैठकमा आगामी दिनमा छलफल गर्दै अघि बढ्न सकिने विश्वास व्यक्त गरेका थिए ।  अर्को बैठक असार १२ गते बस्नेछ ।

त्यस्तै अर्का अध्यक्ष प्रचण्डले पनि वर्तमान परिस्थितिमा सरकार, पार्टी र समग्र परिस्थित र आदर्शलाई केन्द्रविन्दुमा राखेर छलफल गर्न र निष्कर्ष निकाल्नुपर्ने बताएका थिए ।

बैठकको कार्यसूचीमा प्रारम्भवमा अध्यक्षहरुले मन्तव्य राख्ने, दोस्रो कोभिड १९ रोकथाम, सरकारका काम, पार्टी एकता तथा एमसीसी सातौंमा विविध विषय गरी कार्यसूची समेटिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।