ओखलढुंगा, ११ असार । जिल्लाको लिखु गाउँपालिकामा बिरामी बोक्न गएको एम्बुलेन्स दुर्घटना हुदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।
आज बिहान गाउँपालिकाबाट बिरामी बोक्न वडा नम्बर ९ को पोकलीतर्फ जाँदै गरेको एम्बुलेन्स वडा नम्बर ६ को कात्तिके भीरमा दुर्घटना हुँदा एम्बुलेन्स चालक लिखु गाउँपालिका- ४ यसमका २३ वर्षीय सुदर्शन खत्रीको घटनास्थलमै मृत्यु भएको गाउँपालिकाले पुष्टि गरेको छ ।
गाउँपालिकाको प्रदेश नम्बर ३–०१–०० झ ५११५ नम्बरको एम्बुलेन्स सडकबाट करिब २ सय मिटर तल खोलामा खसेको गाउँपालिका अध्यक्ष गोबिन्द पौडेलले जनकारी दिए ।










प्रतिक्रिया दिनुहोस्