राजनीति

विप्लव समूहका इन्चार्ज हतियारसहित पक्राउ



सुनसरी, १२ असार । प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहका सुनसरी जिल्ला इन्चार्ज रोशन राईलाई प्रहरीले हतियारसहित पक्राउ गरेको छ ।

नेता राईलाई हतियारसहित धरानबाट बुधवार प्रहरीले नियन्त्रणमा लिएको छ । धनकुटाका शहीद भूमि गाउपालिका–६ का २७ वर्षीय राईलाई मेड इन यूएसए अटोमेटिक पेस्तोल एक थान, त्यसमा लाग्ने म्याग्जिन एक थान र ३ राउण्ड गोलीसहित नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

नियन्त्रणमा परेका राईलाई सुनसरी जिल्ला अदालतबाट हातहतियार खरखजाना मुद्दामा अनुसन्धानका लागि म्याद थप भई अनुसन्धान भइरहेका प्रहरीले जनाएको छ ।