Banner News

थप ५९३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ११ हजार ७ सय नाग्यो



काठमाडौँ, १२ असार । थप ५९३  जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज ५९३ जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।

मन्त्रालयका  अनुसार आज  ४० पुरुष र ८ महिला कोरोनामुक्त भइ डिस्चार्ज भएसगै कुल डिस्चार्ज हुनेको संख्या २ हजार ६ सय ९८ पुगेको छ  । त्यस्तै मृतक संख्या २७ जना रहेको छ भने रसुवाबाहेकका सबै ७६ जिल्लामा कोरोना देखिएको मन्त्रालयले जनाएको छ ।