काठमाडौँ, १३ असार । थप ५५४ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १२ हजार ३ सय ९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज ५५४ जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार आज १ सय ३६ जाना डिस्चार्ज भएसगै कुल डिस्चार्ज हुनेको संख्या २८ सय ३४ पुगेको छ । त्यस्तै मृतक संख्या २८ जना रहेको छ भने सबै ६६ वटै जिल्लामा कोरोना देखिएको मन्त्रालयले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्