काठमाडौँ, १३ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समितिको बैठक आगामी असार १६ गतेसम्मका लागि स्थगित भएको छ ।
नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले आजको बैठक भारतसँगको सीमा विवादको विषयमा केन्द्रीत भएको भन्दै अर्को बैठक असार १६ गते बस्ने गरी स्थगित भएको जानकारी दिए ।
उनका अनुसार भोलि मदन स्मृति दिवस र सोमबार १५ असार अर्थात दही चिउरा खाने दिन परेकाले दुई दिन बैठक नराखेर १६ गतेका लागि सारिएको जानकारी दिए ।
आजको बैठकमा स्थायी समिति सदस्यहरु देवेन्द्र पौडेल, रघुजी पन्त, सु्रेन्द्र पाण्डे, सुवास नेम्वाङ, जनार्दन शर्मा, गिरीराजमणि पोखरेल, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल, युवराज ज्ञवाली, लेखराज भट्ट, प्रदीप ज्ञवाली, मणि थापा, धनश्याम भुसाल, बामदेव गौतम, इश्वर पोखरेलसहित २१ जनाले धारणा राखेका प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
आजको बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली केहीबेर सहभागी भएपनि स्वास्थ्यको कारण देखाउँदै हिँडेको श्रेष्ठले जानकारी दिए ।










प्रतिक्रिया दिनुहोस्