काठमाडौँ, १३ असार । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले ४० वर्षयता कृषि क्षेत्रलाई बिगार्ने काम मात्रै भएको बताएका छन् ।
एसोसिएशन अफ नेपाली एग्रिकल्चरल जर्नलिष्टस् (आनाज) द्वारा राष्ट्रिय धान दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री भुसालले ३०/४० वर्षयता मेहनत गरेर नै कृषि क्षेत्रलाई ध्वस्त पार्ने काम भएको बताए ।
उनले भने, ‘हामीले त ३०÷४० वर्ष भयो बर्बाद पार्न थालेको । हाम्रा साना दुःखले बार्दद पारेको होइन । हामीले बहुत मेहनतले बर्बाद परेका छौं । हाम्रो कृषि व्यवस्थालाई हामीले भाषण गरेका छौं, हामीले अनेक प्रयत्नहरु गरेका छौं, ठेक्कापट्टा गरेका छौं, प्रोजेक्टहरु गरेका छौं । के के ग¥यौं ग¥यौं । यो कृषि व्यवस्था विगार्नका लागि ।’ लामो समयसम्म विगार्दै आएको कृषि व्यवस्थालाई सुधार्न अझै केही समय लाग्ने मन्त्री भुसालले बताए । ३०÷४० वर्ष देखि बिग्रदै आएको कृषि ३ वर्ष भित्रमा सुधार्न चुनौति रहेको समेत उनले बताए ।










प्रतिक्रिया दिनुहोस्