राजनीति

नेपाल भारत सीमामा ५ मिटर अग्लो पर्खाल लगाउनुपर्छ : उपाध्यक्ष गौतम



काठमाडौँ, १४ असार । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले नेपाल भारतबीचको खुल्ला सीमाना वन्द गरी ५ मिटर अग्ला पर्खाल लगाउनु पर्ने बताएका छन् ।

शनिबार स्थायी समिति बैठकमा गौतमले राखेको ६ बुँदे धारणा आइतबार सार्वजनिक गर्दै सिमानामा दुवै राष्ट्रको हितका निम्ति दशगजाको दुवैतर्फ ५ मिटर अग्ला पर्खाल लगाउनु पर्ने बताएका हुन् ।

उपाध्यक्ष गौतमले दुवै छिमेकी राष्ट्रसँग रहेका नेपालका कुनै पनि समस्या समाधान गर्न युद्ध गर्ने कुरा कल्पना पनि गर्न नसकिने भन्दै शान्ति वार्ताबाट नै समस्या समाधान गर्नु पर्नेमा जोड दिएका छन् ।