Banner News

थप ४६३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १२ हजार ७ सय नाग्यो



काठमाडौँ, १४ असार । थप ४ सय ६३ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज ४ सय ६३ जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार आज १ सय ७९ जना डिस्चार्ज भएसगै कुल डिस्चार्ज हुनेको संख्या ३ हजार  १३  जना पुगेको छ  ।  त्यस्तै मृतक संख्या २८ जना रहेको छ भने ७७ वटै जिल्लामा कोरोना देखिएको मन्त्रालयले जनाएको छ ।