भोजपुर, १५ असार । भोजपुरमा आगलागी हुँदा एक बालिकाको मृत्यु भएको छ ।
अरुण गाउँपालिका- ३ प्याउलीका कर्णबहादुर कार्कीको घरमा आगलागी हुदा कार्कीकी ३ वर्षीया नातिनी विष्णुमाया कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरल जनाएको छ ।
प्रहरीका अनुसार आइतबार विद्युत सर्ट भई आगलागी भएकाे हाे उक्त आगलागीमा गम्भीर घाइते भएकी बालिकालाई धनकुटामा उपचारका लागि लगिएको र वालिकाको राति नै मृत्यु भएको हो । घरभित्र रहेका खाद्यान्न, नगद तथा लत्ता कपडा लगाएत सम्पूर्ण समान जलेर नष्ट हुँदा करिव रु १७ लाख बराबरको क्षति भएको बताइएको छ । आगो प्रहरी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा आएको थियो ।










प्रतिक्रिया दिनुहोस्