एजेन्सी, २४ असार । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइबरस हावाबाट सर्ने बैज्ञानिकहरुको गरेको दावीलाई स्वीकार गरेको छ ।
केही दिनअघि मात्रै ३२ देशका २३९ जना बैज्ञानिकहरुले हावाबाट कोरोना भाइरस सर्ने दावी गरेका थिए । मंगलबार स्वीकार गर्दै संगठनले कोरोना भाइरस महामारी हावाबाट सर्छ सर्दैन भन्नेबारे छलफल गरिरहेको छ ।
उसले पत्रकार सम्मेलन गर्दै हावाबाट सरेको धेरै प्रमाण भएपनि अहले नै यकिन गरेर भन्न सकिने अवस्था नरहेकोले अनुशन्धान जारी रहेको बताएको छ ।
स्वास्थ्य संगठनका एक अधिकारी ने भनेका छन् ‘सार्वजनिक स्थानमा, विशेषगरी भीडभाडयुक्त, कम हावा भएको र बन्द कोठामा हावामार्फत् भाइरस फैलने आशंकालाई स्वीकार गर्न सकिन्छ । तर हामी अझै प्रमाण संकलन र संकलित प्रमाणमाथि अझै अनुसन्धान गर्छौँ ।’










प्रतिक्रिया दिनुहोस्