अर्थ

के तपाईंको एनआईसी बैंकको कर्जामा ९.९९ प्रतिशत भन्दा बढी ब्याजदर छ ?



काठमाडौँ, २४ असार । नेपाल राष्ट्र बैंकद्वारा बैशाख १६ गते कोभिड–१९ बाट ऋणीहरूमा परेको असर न्यूनीकरण गर्न २०७६ चैत्र मसान्तसम्म कायम ब्याजदर २ प्रतिशतले घटाई चालू आर्थिक वर्षको चौथो त्रयमासको ब्याज गणना गर्न जारी गरिएको निर्देशनको तत्काल कार्यान्वयन गर्दै सो को अलावा यस बैंकबाट कर्जा सुविधा लिनुभएका सम्पूर्ण ग्राहक महानुभावहरूले २०७७ आषाढ मसान्तसम्मको सम्पूर्ण साँवा तथा ब्याजको बक्यौता रकम २०७७ आषाढ मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुभएमा १ श्रावण २०७७ देखि लागू हुने गरी उक्त कर्जाको विद्यमान ब्याजदरलाई कम गरी ९.९९ प्रतिशत कायम गर्ने योजना यस बैंकले ग्राहकहरू सामुन्ने ल्याएको छ । अत्यधिक उत्साहजनक सहभागिता रहेको तथा कोही पनि नछुटोस् भन्ने हेतुले उक्त योजना सकिन मात्र ८ दिन बाँकी रहेको हुँदा यथासिघ्र भरपुर फाईदा उठाउन बैंक सम्पूर्ण ऋणीहरूमा आह्वान गरेको छ । यस बैंकबाट मासिक तथा त्रयमासिक किस्ताबन्दी कर्जाहरूका साथै चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि कर्जाहरू उपभोग गर्नुभएका सम्पूर्ण ग्राहकहरूले २०७७ आषाढ मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण किस्ता तथा ब्याज रकम २०७७ आषाढ समान्तभित्रै भुक्तानी गरेमा २०७७ श्रावण १ पश्चात् ब्याजदर ९.९९ प्रतिशतमा कायम गरिने व्यवस्था रहेको छ ।

नेपाल राष्ट्र बैंकद्वारा मिति २०७६/१२/१६ गते निर्दिष्ट गरिए अनुसार २०७६ चैत्र मसान्तभित्र भुक्तानी गर्नुपर्ने मासिक वा त्रैमासिक किस्ताबन्दी कर्जाहरूमा ऋणीहरूले चैत्र मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण मासिक तथा त्रयमासिक किस्ता, ब्याज लगायत तिर्न बाँकी रहेको वक्यौता साँवा तथा ब्याज भुक्तानी गरेमा साधारण ब्याजको १० प्रतिशतले हुन आउने रकम तथा जरिवाना ब्याजको शतप्रतिशत रकम छुट प्रदान गरी सम्बन्धित ग्राहकहरूको बैंक खातामा जम्मा समेत गरेको छ ।

साथै नेपाल राष्ट्र बैंकबाट २०७७/०१/१६ गते २०७६ चैत्र मसान्तसम्म कायम ब्याजदरमा २ प्रतिशत ब्याज सहुलियत दिन गरिएको निर्देशनको तत्काल कार्यान्वयन गर्दै उक्त २ प्रतिशत ब्याज सहुलियतको अलावा कोरोना भाइरसको यो असाधारण समयमा सबै सरोकारवालाहरूले असाधारण स्तरकै कदम चालेर देशको बृहत्तर अर्थतन्त्रको हित रक्षाको निमित्त आ–आफ्नो हिसाबले योगदान पु¥याउनुपर्ने आजको टड्कारो आवश्यकतालाई हरसम्भव सम्बोधन गर्न यस बैंकले आफ्नै प्रयासबाट ऋणीहरूले वैशाख तथा जेष्ठ महिनासम्ममा तिर्नुपर्ने सम्पूर्ण किस्ता वा ब्याज रकम क्रमशः वैशाख तथा जेष्ठ मसान्तभित्र पूर्ण रुपमा चुक्ता भुक्तान गरेमा सम्पूर्ण ब्याज रकममा थप १० प्रतिशत छुट तथा जरिवाना ब्याजको शतप्रतिशत रकम छुटको योजना ल्याएको थियो । जसमा ग्राहक महानुभावहरूको उत्साहपूर्ण सहभागिता भएपछि उक्त योजना अनुरुप हुन आउने १० प्रतिशत ब्याज छुटको रकम सम्बन्धित ग्राहकहरूको खातामा जम्मा समेत गरिएको जानकारी गराएको छ ।

सहज तथा सबल बैंकिङ्गको मूल सिद्घान्त अनुरुप यस बैंकबाट कर्जा उपभोग गर्नु भईरहेको तथा भविष्यमा यस बैंकसँग जोडिने ग्राहकहरूको सहजता तथा आवश्यकतालाई महशुस गरी कर्जा सम्बन्धी सल्लाह, सुझाव तथा ग्राहक महानुभावहरूको गुनासो वा जिज्ञासा आदिको उचित समयमा प्रभावकारी तवरले समाधान तथा निराकरण गर्ने हेतुले एकद्वार प्रणालीको व्यवस्था अनुरुप यस बैंकले ‘कर्जा सहायता केन्द्र’ को स्थापना गरेको समस्त ग्राहकहरू समक्ष जानकारी गराएको छ ।

यस ‘कर्जा सहायता केन्द्र’ को स्थापना पश्चात् बैंकका ग्राहकहरूले आफ्नो कर्जा सम्बन्धी जिज्ञासा तथा गुनासोहरू जस्तै कर्जाको लागि योग्यता, कर्जाको फारम, ब्याजदर, नवीकरण, नयाँ कर्जा लगायतको सम्बन्धमा सम्पूर्ण जानकारी तथा समाधानको लागि घरमै बसी सहज तरिकाले यस सुविधाको फाईदा लिन सक्नुहुनेछ । ग्राहक महानुभावहरूले ‘कर्जा सहायता केन्द्र’को Missed Call Banking नम्बर ९८०१२२७७५५ मा मिस्ड कल गरी वा HELP टाइप गरी ३४४८८ मा एसएमएस (SMS) मार्फत वा बैंकको वेबसाइट www.nicasiabank.com मा राखिएको Feedback Form मा आफ्नो कर्जा सम्बन्धी जिज्ञासा वा गुनासो लेखेर पठाउन वा बैंकको टोल फ्रि नम्बर १६६०–०१–७७७७१ मा सम्पर्क गरी बैंकको प्रतिनिधिसँग सिधा कुरा गर्न सकिने व्यवस्था बैंकले गरेको छ । यस ‘कर्जा सहायता केन्द्र’ मा ग्राहकहरूले पहिलो सम्पर्क गरेपछि बैंकको प्रतिनिधिले तीन घण्टाभित्र सम्पर्क गरी विस्तृत जानकारी लिई सम्बन्धित जिज्ञासा तथा गुनासोको प्रकृति हेरी दुई कार्य दिनभित्र समाधान गर्ने बैंकले व्यवस्था मिलाएको छ ।

कोरोना भाइरसको विषम परिस्थितिमा देशको समग्र अर्थतन्त्रको पुर्नउत्थान र सबलीकरणमा टेवा पु¥याउने मनशायले बैंकले सहुलियत ब्याजदर तथा सर्वाधिक न्यून ब्याजदरमा आम ग्राहकहरूको आवश्यकतालाई पहिचान गरी नेपालको बैंकिङ्ग क्षेत्रकै सर्वाधिक आकर्षक योजनाहरू ल्याईरहेको अवस्थामा ‘कर्जा सहायता केन्द्र’ले ग्राहकहरूलाई अझ सहज तथा सुविधा पुग्ने बैंकले विश्वास लिएको छ । यस उद्देश्य अनुरुप ग्राहकहरूले जुनसुकै स्थान र माध्यमबाट जुनसुकै समयमा पनि आफ्नो कुरा राख्न सक्ने व्यवस्थालाई प्रभावकारी तथा ग्राहकमैत्री बनाउदै लैजाने बैंकको सोच रहेको छ । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नाताले ग्राहक महानुभावहरूसँग न्यानो तथा आत्मीय सम्बन्ध बनाइराख्न यस ‘कर्जा सहायता केन्द्र’ले ग्राहकहरूबाट प्राप्त कर्जासम्बन्धी सम्पूर्ण गुनासोहरूलाई सुन्ने तथा तत्काल समाधान गर्ने बैंकले अठोट लिएको छ ।

अतुलनीय र असीमित सुविधाहरूले भरिपूर्ण नयाँ योजनाहरू ल्याउने क्रमलाई निरन्तरता दिँदै बैंकले ग्राहक महानुभावहरूमाझ नेपालको बैंकिङ्ग क्षेत्रकै सर्वाधिक न्यून ब्याजदर ८.२५ प्रतिशत तथा प्रशासनिक शुल्क ०.२५ प्रतिशतमा सुपर चमत्कारिक घर कर्जा, सुपर चमत्कारिक सवारी कर्जा र सुपर चमत्कारिक व्यवसाय कर्जा योजनाहरू ल्याएर गतिशिल बैंकिङ्गको उदाहरण प्रस्तुत गरेको छ । साथै, कर्जा प्रवाह भएको एक वर्षसम्म ब्याजदर परिवर्तन नहुने, ४८ घण्टाभित्रै कर्जाको निर्णय दिने, कर्जाको पूर्वस्वीकृतिको सुविधा, वार्षिक रुपमा आफ्नो किस्ता आफै निर्धारण गर्न सकिने लगायत नविनतम सुविधासहित बैंकले ग्राहकवर्गलाई अझ परिष्कृत सेवा तथा सुविधा प्रदान गर्ने लक्ष्य लिएको छ । यस सुपर चमत्कारिक कर्जा सम्बन्धी केही जिज्ञासा राख्नका लागि समेत यस ‘कर्जा सहायता केन्द्र’ अत्यन्तै लाभकारी हुने बैंकले अपेक्षा गरेको छ ।

नेपालको बैंकिङ्ग इतिहासमा दुर्लभ रुपमा उपलब्ध हुने यस बैंकले ल्याएको आषाढ महिनाको योजनाको म्याद मात्र ८ दिन बाँकी रहेको हुँदा २०७७ आषाढ मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण किस्ता तथा ब्याज रकम २०७७ आषाढ समान्तभित्रै चुक्ता भुक्तानी गरी समयमै मौकाको फाईदा उठाई आफ्नो आर्थिक भारलाई कम गर्नुहुन सम्पूर्ण ग्राहकहरुमा बैंकले अनुरोध गरेको छ ।