राजनीति

नेकपा स्थायी कमिटी बैठक पुनः स्थगित



काठमाडौँ, २४ असार । आज बस्ने भनिएको सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक असार २६ गतेसम्मका लाथि स्थगित भएको छ ।

अर्को बैठक असार २६ गते बिहान ११ बजे बस्ने नेकपा नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । गत असार ११ देखि प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएको बैठक आन्तरिक विवादका कारण अहिलेसम्म टुंगिएको छैन ।