काठमाडौँ, २४ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको विवाद समाधान गर्न अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज छलफल हुदैछ ।
छलफल अघि दुवै अध्यक्षले अन्य नेताहरुसँग पनि परामर्श गर्ने बताइएको छ । विहान ९ बजे हुने भनिएको ‘वान टू वान’ वार्ता अपरान्ह ४ बजेलाई सारिएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।
स्थायी कमिटी बैठक स्थगित गरेर छलफल गरिरहनु भएका दुई अध्यक्षबीच सबैलाई समेटेर लैजाने गरी कुराकानी भईरहेको बताइएको छ ।










प्रतिक्रिया दिनुहोस्