समाचार

मास्क नलगाउने ६४ जना पक्राउ



सिरहा, २४ असार । सिरहामा मास्क नलगाई हिँड्ने ६४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मङ्गलबार लकडाउनको नियम पालन गर्न आग्रह गरिरहँदा पनि बेवास्ता गरी मास्क नलगाउने ६४ जनालाई कारवाही गरिएको प्रहरीले जनाएको छ ।

कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन सरकारले अत्यावश्यक काममा सवारी साधन वा पैदल हिँड्दा अनिवार्यरूपमा मास्क लगाउन र सामाजिक दूरीलाई पालन गरी कार्य गर्न आग्रह गरे पनि सर्वसाधारणले बेवास्ता गरेकाले पक्राउ गरी सङ्क्रमण रोग ऐन, २०२० अनुसार कारवाही शुरु गरिएको प्रहरीले जनाएको छ ।