Banner News

थप २५५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १६ हजार ४ सय नाग्यो



काठमाडौँ, २४ असार । थप २५५ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १६ हजार ४ सय २३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज २५५जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार आज २९३ डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ७ हजार ७ सय ९२  जना रहेको छ भने मृत्यु हुनेको संख्या ३५ जना पुगेको छ ।