Banner News

थप १०८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १६ हजार ५ सय नाग्यो



काठमाडौँ, २५ असार । थप १०८ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १६ हजार ५ सय ३१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज १०८जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार आजसम्म घर फर्किनेको संख्या ७ हजार ८ सय ९१  जना रहेको छ भने मृत्यु हुनेको संख्या ३५ जना पुगेको छ ।