समाचार

आज कहाँ कति थपिए कोरोना संक्रमित ? (सूचीसहित)



काठमाडौँ, २६ असार । पछिल्लो २४ घण्टामा थप ११८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएसगै नेपालमा संक्रमितको संख्या १६ हजार ६ सय ४९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज सबैभन्दा धेरै संक्रमित काठमाडौँ जिल्लामा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै ललितपुरमा १३, सुर्खेतमा ११, सर्लाही र तनहुँमा ८/८ जना, गुल्मीका ६ जना र धनुषा, महोत्तरी र पाल्पाका ४/४ जनामा संक्रमण पुष्टि भएको छ ।

इलाम, पाँचथर, सिराहा, काभ्रे, रौतहट, बाग्लुङ, नवलपरासी र दैलेखका २/२ जना तथा रसुवा, डोटी, चितवन, बाँके, भक्तपुर, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, रुपन्देही, मकवानपुर, धादिङ, कैलाली, गोरखा, बाजुरा, डोल्पा र सल्यानमा एक/एक संक्रमित थपिएका छन् ।

त्यस्तै  मन्त्रालयका अनुसार आज १२० डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ८ हजार ११ जना रहेको छ भने मृत्यु हुनेको संख्या ३५ जना पुगेको छ ।