काठमाडौँ, २७ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्प कलम दाहाल प्रचण्डलगायत कार्यक्रम स्थलको बनावट समेतको विरोध गर्ने स्थायी कमिटी सदस्य डा. भिम रावल प्रमुख अतिथि भएको कार्यक्रम र उहाँलाई गरिएको व्यवस्था राजसी भएको पाइएको छ ।
नेकपा सुदुरपश्चिम प्रदेशका इन्चार्ज समेत रहनुभएका नेता रावलले स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री ओलीको लागि तयार पारिएको कुर्सी तथा स्टेज अन्य सदस्य भन्दा फरक प्रयोग गरेको भन्दै कडा रुपमा प्रवाद मात्र गर्नुभएन की उहाँले उक्त कुर्सी तथा स्टेज नै परिवर्तन गर्न समेत लगाउनुभएको थियो । तर उहाँ प्रमुख अतिथि हुनभएका अघिकांश कार्यक्रमहरु भने उहाँलाई विशेष व्यवस्था गरेको चाहिने रहेछ ।
कम्युनिष्ट पार्टीमा सवै समान हुन् भन्ने उद्देश्यकले उहाँले प्रधानमन्त्री तथा पार्टी अध्यक्षको कुर्सीलाई अन्य स्थायी कमिटीका सदस्यको समान हुनुपर्छ भन्नेले आफु प्रमुख अतिथि भएको कार्यक्रममा अन्य अतिथि समानका कुर्सी हुनुपर्छ भनेर किन भन्न सक्नुहुन्छ ? यसबाट के प्रष्ट हुन्छ भने प्रधानमन्त्री केपी शर्मा ओली प्रति उहाँको प्रतिसोध रहेको देखिन्छ । कसरी प्रधानमन्त्री ओलीलाई ओलोचित तथा तिरस्कार गर्न सकिन्छ भन्ने मात्र उहाँको ध्यान केन्द्रीत भएको पाइएको छ ।
आफु प्रमुख अतिथि हुँदा व्यवस्थापन राजसी हुनुपर्ने र अरु हुँदा समान हुनुपर्ने कस्तो कम्युनिष्ट सोचाई हो ? उहाँमा खोई समानता सिद्धान्त ? अरुलाई सिकाउने मानिसले पहिले आफु परिवर्तन हुन जरुरी छ । माक्र्सवाद भन्छ, ‘कुनै पनि समाज परिवर्तन गर्नुछ भने सर्वप्रथम आफु परिवर्तन होउ अनि परिवार परिवर्तन गराउ त्यसपछि मात्र समाज परिवर्तन गर्न अघि बढ ।’ तर उहाँ कट्टर माक्र्सवादी भएता पनि नामको मात्र माक्र्सवादी देखियो । अरुलाई समान रुपमा हुनुपर्छ भन्नेले आफुचाही हैकमवादी हुनु कतिको माक्र्सवादी हो ? जनताले मुल्याङ्कन गर्नुपर्ने कुरा हो ।
प्रतिक्रिया दिनुहोस्