बुटवल, २७ असार । रुपन्देहीको तिलोत्तमा नगरपालिका–९ शंकरपुर चोकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार बुटवलबाट भैरहवा जाँदै गरेको ना ५ ख ७८०६ नं.को ट्रकलाई सोही दिशातर्फ जाँदै गरेको लु २४ प ३२५४ नं.को मोटरसाइकलले शंकरपुरचोकमा ओभरटेक गर्ने क्रममा दुर्घटना भएको हो । उक्त दुर्घटना गम्भीर घाइते भएका सिद्वार्थ नगरपालिका–१ बेलहियाका २३ वर्षीय संयोग शेर्पाको मृत्यु भएको उपचारका क्रममा क्रिमसन अस्पताल मणिग्राममा मृत्यु भएको हो ।
मृतक शेर्पा मोटरसाइकलको पछाडि बसेका व्यक्ति हुन् । मोटरसाइकल चालक बेलहियाकै २० वर्षीय मुकुल लामाको अवस्था गम्भीर छ । उनको टाउकोमा चोट लागेको छ ।
ट्रक चालक बारा जितपुरका २६ वर्षीय सुरज प्रताप सर्राफ र ट्रकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्